काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको मतगणना सुरु भएको छ । बेलुका ८ बजेदेखि सुरु हुने भनिएपनि ढिलागारी मतगणना सुरु भएको हो ।
आज बिहान १० बजेदेखि सुरु भएको मतदान बेलुका ६ बजे सकिएको थियो । बेलुका ८ बजेदेखि सुरु हुने भनिएपनि उम्मेदवारबीच विभिन्न बिषयमा सहमति नहुँदा मतगणना सुरु हुन ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ ।
६४ जना कार्यसमिति चयन हुने महासङ्घमा ५ जना निर्विरोध निर्वाचित भैसकेका छन् । आज भएको चुनावबाट ५९ जना पदमा ११२ जना चुनावी मैदानमा छन् ।
निर्वाचन प्रमुख लीलामणि पौडेलले जिल्ला नगर र एसोसिएटतर्फको समेत मतगणना सुरु हुने जानकारी दिए ।
बस्तुगततर्फ अन्जन श्रेष्ठको तर्फबाट मनिषलाल प्रधान, उमेशलाल श्रेष्ठको तर्फबाट हेमराज ढकाल र रामचन्द्र संघईको तर्फबाट सुकुन्तलाल हिराचन उपाध्यक्षमा लडेका छन्। बस्तुगततर्फ शतप्रतिशत १ सय २३ मत खसेको छ। बस्तुगततर्फ १४ जना कार्यसमिति सदस्यको पनि मतगणना हुनेछ।
वरिष्ठ उपाध्यक्ष कसैले पनि ५१ प्रतिशत मत नल्याए दोस्रो चरणको निर्वाचन विहीबार नै हुनेछ। विहीबार विहान ११ बजेदेखि ५ बजेसम्म वरिष्ठ उपाध्यक्षको मतदान सुरु हुनेछ।
FACEBOOK COMMENTS