काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कुल ३ हजार ३६० जनाको नमूना परीक्षणबाट उक्त संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
बितेको २४ घण्टामा देशभर २ हजार ८३ जनामा आरटी–पीसीआर गर्दा १० जना र १ हजार २७७ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ४५२ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । पछिल्लो विवरण अनुसार नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९५१ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९० जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६५ हजार ५५९ जना पुगेको छ । यो कुल संक्रमितको ९८.७ प्रतिशत हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ९४२ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५५ लाख ५० हजार ९८९ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ९४२ जना आइसोलेसन र १०६ जना क्वारेन्टिनमा छन् ।
हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ९०२ जना होम आइसोलेशन र ४० जना संस्थागत आइसोलेशनमा छन् । त्यस्तै १६ जना संक्रमितको आईसीयु र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
FACEBOOK COMMENTS