काठमाडौं । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले नेपालमा ऊर्जाको विकासमा वन मन्त्रालयसँग जोडिने कुनै पनि काममा ढिलाइ नहुने बताएका छन् ।
‘हिमालयन हाइड्रो एक्स्पो, २०२२’ उद्घाटनको अवसरमा आज राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् । जलविद्युतको विकासका लागि मन्त्रालयले हरहमेसा पहलकदमी लिइरहेको बताउँदै मन्त्री यादवले आगामी दिनमा पनि मन्त्रालयको तर्फबाट हुने सम्पूर्ण सहयोग निरन्तर रहने बताएका छन् ।
ऊर्जाको विकासमा वन मन्त्रालयसँग जोडिएका कुनै पनि कामलाई ढिलासुस्ती गर्ने काम नभएको दाबी गर्दै मन्त्री यादवले ऊर्जा विकासमा निजी क्षेत्रले गरिरहेको काम अझै विस्तार भएर जानु पर्नेमा जोड दिएका छन् ।
जलविद्युत क्षेत्रका नवीनतम प्रविधिको प्रदर्शनीसँगै सरोकारवाला सबैलाई एउटै छानामुनी जम्मा गरेर छलफल तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले आजदेखि एक्स्पो आयोजना गरिएको आयोजक ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)ले जानकारी दिएको छ ।
यो पनि पढ्नुहोस्–
हिमालयन हाइड्रो एक्स्पो शुरू, ऊर्जा विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण : राष्ट्रपति भण्डारी
FACEBOOK COMMENTS