काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का उपाध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रबाट भएको लगानीको सुरक्षामा सरकार संवेदनशील बन्न नसकेको बताएका छन् ।
खासगरी ऊर्जा क्षेत्रमा निजी क्षेत्रबाट भएको लगानीको सुरक्षामा सरकार उदासिन बनेको उनको आरोप छ । नीति नियम तथा उच्च तहका व्यक्तिहरूको बोलाइ र व्यवहार उल्टो हुने गरेकाले समस्या हुने गरेको भन्दै श्रेष्ठले बोली र नियम अनुसार काम गर्न सरोकारवालाहरूलाको ध्यानाकर्षण गराएका छन् ।
आज शनिबारदेखि काडमाडौंको भृकुटीमण्डपमा शुरू भएको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२२’ का अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले निजी क्षेत्रबाट ऊर्जामा भएको लगानीको सुरक्षामा सरकारको उपस्थिति कमजोर रहेको बताएका हुन् ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग परिसङ (सीएनआई) का उपाध्यक्ष कृष्णप्रसाद अधिकारी तथा नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रमैत्री नीति तथा कानुन राम्रो भए पनि व्यावहारिक पाटो कमजोर भएको भन्दै त्यसमा सुधार जरुरी रहेको बताएका छन् ।
FACEBOOK COMMENTS