काठमाडौं । भोलि शनिबारदेखि आयोजना हुने ‘हिमालयन हाइड्रो एक्स्पो, २०२२’ मा हेलिकोप्टरबाट विभिन्न जलविद्युत् आयोजनाहरूको अवलोकन भ्रमण भराइने भएको छ ।
एक्स्पो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्तालाई हेलिकोप्टरमार्फत हाइड्रोपावर आयोजनाहरुको भ्रमण गराउने व्यवस्था गरिएको आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेण्ट म्यानेजमेन्ट सर्भिस प्रालिले जानकारी दिएको छ ।
त्यसैगरी प्रत्येक दिन एक्स्पो अबलोकनकर्ताहरुमध्ये १० जनालाई गोला प्रथाका माध्यमबाट विद्युतीय चुलो वितरण गरिने बताइएको छ ।
जलविद्युत लगानीकर्ता, उत्पादक, इन्जिनीयरलगायत ऊर्जा क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने र यसले राष्ट्रको ऊर्जा विकासमा टेवा पुर्याउने विश्वास आयोजकको छ ।
एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार मध्याह्न १२ः१५ बजे उद्घाटन गर्ने कार्यक्रम छ । त्यस्तै एक्स्पोको उद्घाटनअघि शनिबार बिहान ७ बजे विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्ने उद्देश्यले र्यालीको आयोजना गरिएको छ ।
‘क्रियटिङ मार्केट्स फर नेपाल्स हाइड्रोपावर’ नाराका साथ आयोजना गर्न लागिएको एक्स्पोले नेपालमा उत्पादति बिजुलीको खपत वृद्धि गर्न र विदेशमा निर्यात गर्न बजारीकरणको ठूलो ज्ञान र सूचना प्राप्त हुने विश्वास आयोजकले लिएको छ ।
एक्स्पो अवधिभर प्रत्येक दिन हाइड्रोपावरसम्बन्धी विषयगत ६ वटा भन्दा बढी टेक्निकल सेसन सञ्चालन तथा अन्तक्र्रिया सञ्चालन गरिने पनि इपानले जानकारी दिएको छ ।
यो पनि पढ्नुहोस्–
हिमालयन हाइड्रो एक्स्पो शनिबारदेखि शुरू हुँदै, बिजुलीको आन्तरिक खपत र निर्यातमा योगदान पुग्ने
‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने पहिलो शर्त ऊर्जाको अधिकतम उत्पादन र खपत हो (भिडियोसहित)
FACEBOOK COMMENTS