काठमाडौं । जलविद्युत् क्षेत्रका नवीनतम् प्रविधि प्रदर्शनीदेखि सरोकारका सवै विषयवस्तुमा बहस छलफल गर्ने गरी आजदेखि हिमालयन हाइड्रो एक्सपो शुरू भएको छ ।
केहीबेरअघि राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रमस्थल भृकुटीमण्डपमा एक्सपोको उद्घाटन गरेकी छिन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) र एक्सपो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रूपमा आयोजना गरेको तीन दिने एक्सपोको उद्घाटनपूर्व वृहत् विद्युतीय सवारी र्याली पनि आयोजना गरेको छ ।
भृकुटीमण्डपबाट शनिबार बिहान ७ बजे शुरू भएको र्याली फर्पिङ जलविद्युत् गृह पुगेर फर्किएको इपानका अध्यक्ष कृष्ण प्रसाद आचार्यले जानकारी दिए ।
देशकै सवैभन्दा ठूलो भनिएको हाडड्रो एक्सपोमा विभिन्न विषयवस्तुमा तीनै दिन विभिन्न शत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूका बीचमा छलफल हुने छ । पहिलो दिन आज जलविद्युत् आयोजना निर्माणमा नयाँ प्रविधि, उत्पादित विद्युत्को बजारीकरण तथा यसका समस्या र हरित हाइड्रोजनका विषयमा छलफल हुने आयोजकले जानकारी दिएको छ ।
प्रविधिसम्बन्धी सत्रमा भिब्रो सिस्टम क्यानडाका रविशेख दिक्षितले हाइड्रो युनिटको उपयुक्त सञ्चालन तथा मर्मतमा प्रस्तुति दिने छन् । त्यस्तै डा. सिबास्टियन पाल्टले सेडिमेन्ट व्यवस्थापनमा मन्तव्य व्यक्त गर्ने छन् । सिनेटेकका म्यानेजर मनोज भट्टराईले जलविद्युत्को राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा उपलब्ध नवीन प्रविधिबारे चर्चा गर्ने बताइएको छ । हरित हाइड्रोजनका सम्बन्धमा ब्रिटिश हाई कमिशन इण्डियाका वरिष्ठ उर्जा सल्लाहकार मिलिण्ड गोडब्लेले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
यो पनि पढ्नुहोस्–
‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने पहिलो शर्त ऊर्जाको अधिकतम उत्पादन र खपत हो (भिडियोसहित)
त्यसैगरी दोस्रो दिन भोलि आइतबार जलविद्युत् क्षेत्रमा जलवायु परिवर्तन, वातावरणीय तथा सामाजिक विषयवस्तुमथि छलफल हुँदैछ । सोही दिन नै दोस्रो सत्रमा विद्युतीय सवारी साधान तथा विद्युतीय भन्साको वर्तमान अवस्था र भविश्यका सम्भावनामा विज्ञहरूले छलफल गर्ने भएका छन् । यो सत्रमा बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारी, नेपाल विद्युत् प्राधिकरणका सागरमणि ज्ञवाली लगायत सहभागी हुने छन्
तेस्रो सत्रमा जलविद्युत् आयोजनामा वित्तीय तथा अन्य स्रोत व्यवस्थापनका विषयमा विशेष अन्तरकृया गर्ने तय गरिएको आयोजकले जनाएको छ । नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर बमबहादुर मिश्र, बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यान लगायतका व्यक्तित्व उक्त सेसनमा सहभागी हुने छन् ।
तेस्रो दिन चैत २१ गते सोमबार दुई वटा सत्र तय गरिएको छ । पहिलोसत्रमा नेपालमा विद्युत् उत्पादन र उपभोगका विषयमा सरोकारवाला विज्ञले छलफल गर्ने छन् । सो सत्रमा विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंह, नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीप कुमार थिके, प्राध्यापक अमृतमान नकर्मी, हाइड्रो सोलुसन्सका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलगायत सहभागी हुने छन् ।
यो पनि पढ्नुहोस्–
हिमालयन हाइड्रो एक्स्पो, २०२२ : हेलिकोप्टरबाट जलविद्युत् आयोजनाहरूको अवलोकन गराइने
अन्तिम सत्रमा जलविद्युत् क्षेत्रको नीतिगत विषयबस्तुमा छलफल गरिने भएको छ । ऊर्जा जलस्रोत सिँचाइमन्त्री पम्फा भूषालको विशेष उपस्थिति हुने सो सत्रमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाली काँग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा.कृष्णप्रसाद ओली र ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवाल सहभागी हुने छन् ।
नेपाली जलविद्युुत्को बजार प्रवद्र्धन भन्ने नाराका साथ आयोजना गरिएको यस हाइड्रो एक्स्पोले नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा बृद्धि गर्न र विदेशमा निर्यात गर्न बजारीकरणको ठूलो ज्ञान र सूचना प्राप्त हुने अपेक्षा आयोजककोे छ ।
यो पनि पढ्नुहोस्–
हिमालयन हाइड्रो एक्स्पो शनिबारदेखि शुरू हुँदै, बिजुलीको आन्तरिक खपत र निर्यातमा योगदान पुग्ने
यस एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक÷वित्त कम्पनीहरू लगायत सय वटा भन्दा बढी स्टल बुकिङ भइसकेका छन् । जसमा बिदेशी स्टलसमेत रहेका छन । एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरूको सहभागिता रहने छ ।
यस पटकको एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रोे पावरमा रोबोटर्सको भूमिका विशेष आकर्षणका रूपमा प्रतुत गरिँदैछ । विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिशन हाइड्रोकर्न २.० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरूका साथै टनेल चेकिङ र इन्स्पेक्शन जस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरूको प्रतिष्पर्धा एक्स्पोमा हुने छ ।
FACEBOOK COMMENTS