काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कुल ४ हजार ५४३ जनाको नमूना परीक्षणबाट उक्त संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
बितेको २४ घण्टामा देशभर १ हजार ९९३ जनामा आरटी–पीसीआर गर्दा ८ जना र २ हजार ५५० जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार १२७ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । पछिल्लो विवरण अनुसार नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९५० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४०९ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६२ हजार ५८२ जना पुगेको छ । यो कुल संक्रमितको ९८.४ प्रतिशत हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ५९५ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५५ लाख ३ हजार ४८ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ३ हजार ५९५ जना आइसोलेसन र १०६ जना क्वारेन्टिनमा छन् ।
हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ३ हजार ५३५ जना होम आइसोलेशन र ६० जना संस्थागत आइसोलेशनमा छन् । त्यस्तै २७ जना संक्रमितको आईसीयु र ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
FACEBOOK COMMENTS