काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘जेन जी’ आन्दोलनका क्रममा भएको हिंसाका लागि उक्साहट गर्ने समूह जिम्मेवार रहेको बताएका छन् ।
एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आन्दोलनमा युवालाई अगाडि सारेर राज्य संरचनामाथि आगजनी गरिँदा दु:खद मानवीय क्षति भएको र त्यसप्रति आफू असाध्यै दु:खी रहेको बताएका हुन् ।
शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएपछि अवस्था नियन्त्रणबाहिर गएको उल्लेख गर्दै उनले हिंसा भड्काउने क्रियाकलापकै कारण युवा विद्यार्थीको ज्यान जान पुगेकोमा जोड दिए ।
ओलीले युवाका मागप्रति पार्टीको विरोध नरहेको स्पष्ट गर्दै सामाजिक सञ्जाल बन्द गर्ने नभई उचित नियमन मात्र गर्न खोजिएको धारणा राखे । उनका अनुसार आन्दोलन शान्तिपूर्ण रहँदासम्म सबै पक्ष सहमत थिए तर अराजकताले स्थिति बिगारेको हो ।
FACEBOOK COMMENTS