काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै छन् । दिउँसो १ बजे ललितपुरमा उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
पछिल्ला घटनाक्रम, ‘जेनजी’ प्रदर्शनपछिको स्थिति, संसद् पुनस्र्थापना, सरकारका गतिविधिलगायत विषयमा उनले पत्रकार सम्मेलनमा बोल्नेछन् ।
अध्यक्ष ओलीले सरकार निर्वाचन गराउन गम्भीर नरहेको, संसद् पुनस्र्थापना हुनुपर्ने, वर्तमान सरकार असंवैधानिक रहेको जिकिर गर्दै आएका छन् ।
FACEBOOK COMMENTS