काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका-६, गोसाइँस्थानमा लुटपाटको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । धुलिखेल अस्पतालमा ‘इन्टर्नशिप’ गर्न आएका इटली र जर्मनीका नागरिकका सामान लुटेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चक्कु देखाएर दुई विदेशी नागरिक लुट्ने आरोपमा नवलपरासीका हरि चौधरी, रामेछाप सुनापती गाउँपालिकाका सन्देश जैरू र पनौती नगरपालिका-९, सुन्थानका उज्ज्वल दाहाललाई लुटिएका सामानसहित गएराति पक्राउ गरिएको हो
विदेशी नागरिक लुटिएको खबर प्राप्त हुनासाथ बनेपास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
FACEBOOK COMMENTS