काठमाडौं । दसैँको अवसरमा हलमा लागे ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ दसैँको अवसर पारेर आज (शुक्रबार) हलमा दुई नेपाली फिल्म प्रदर्शन भएका छन्।
चन्द्र पन्त निर्देशित ‘आ बाट आमा २’ र विराज भट्टको फिल्म ‘१२ गाउँ २’ हलमा लागेका हुन्।
यी दुवै फिल्म हिट फिल्मका सिक्वेल हुन्। पारिवारिक कथावस्तुमा बनेको फिल्म ‘आ बाट आमा २’ले पहिलो दिन २ सय बढी शो पाएको छ।
त्यस्तै एक्सन, पारिवारिक सम्बन्ध, संघर्ष र प्रतिशोधको कथा समेटिएको फिल्मले देशभर डेढ सय शो पाएको छ। यी दुबै फिल्मले चलचित्र जाँच समितिबाट ‘पीजी’ प्रमाणपत्र पाएका छन्।
जसले १६ वर्षभन्दा कम उमेरका दर्शकले फिल्म हेर्न जाँदा अभिभावकको साथ लिनुपर्नेछ। चन्द्र पन्तको निर्देशनसहित कथा रहेको ‘आ बाट आमा २’ मा विपना थापा, पल शाह, मलिका महत, प्रदीप रावत, साइग्रेस पोखरेल, आकाश श्रेष्ठ, नरेन खड्कालगायतको अभिनय छ।

‘१२ गाउँ २’ मा विराजसहित समीर भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, कृशु शाही (काफिया), वर्षा इटनी, खुसी कार्की र पुष्कर भट्टलगायत कलाकारको अभिनय छ। फिल्ममा कथा तथा पटकथा सन्तोष सरकारको छ।
