काठमाडौं । नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले ग्राहकलाई विश्वास दिलाउने उद्देश्यले आफ्नो ‘फ्ल्यागशिप’ मोडेल दिपल एस०७ आईसिएमा ‘बाईब्याक ग्यारेन्टी र ५ वर्षसम्म शुन्य खर्च’ स्किम पुन: सुरु गरेको छ ।
यो स्किमले दिपल एस०७ प्रति ग्राहकको आत्मविश्वास बढाउने, ‘रिसेल भ्यालु’को चिन्ता हटाउने र नेपालमा विद्युतीय सवारीको स्वामित्व अनुभवलाई अझ सहज बनाउने एमएडब्लु वृद्धिको बलियो प्रतिबद्धतालाई झल्काउँछ ।
बाईब्याक ग्यारेन्टी कार्यक्रमअन्तर्गत दिपल एस०७ आईसिए खरिद गर्ने प्रत्येक ग्राहकले दोस्रो वर्षदेखि पाँचौं वर्षसम्म जुनसुकै समयमा एमएडब्लु ग्रुपबाटै पूर्व निर्धारित रिसेल मूल्य पाउनेछन् । यो स्किमले इभी खरिदकर्ताको रिसेल मूल्यको चिन्तालाई सम्बोधन गर्नेछ ।
पाँच वर्षसम्म शुन्य खर्च कसरी ?
बाईब्याक एस्योरेन्सको साथै ग्राहकले पाँच वर्षसम्म शुन्य खर्च लाग्ने बृहत कार्यक्रमको पनि उपभोग गर्न सक्नेछन् । यसअन्तर्गत ग्राहकले पाँच वर्षसम्म ‘अटोप्लस इन्स्योरेन्स’, ‘पिरियोडिक मेन्टेनेन्स’, चार्जिंगमा लाग्ने खर्च र ‘रोड ट्याक्स’को खर्च तिर्नुपर्ने छैन ।
आवश्यक सबै सेवाहरु उपलब्ध यो स्किममार्फत ग्राहकले चिन्तामुक्त र निर्वाध इभी ‘एक्सपिरियन्स’ गर्न पाउनेछन् र यसले विश्वसनीयता र दीर्घकालिन सेवाप्रति एमएडब्लु वृद्धिको प्रतिबद्धतालाई दर्शाउँछ ।

‘हाम्रो उद्देश्य ग्राहकलाई आफ्नो इभी यात्राभर आश्वस्त पार्नु र पिस अफ माइन्ड दिलाउनु हो । दिपल एस०७ आईसिए आरामदायी र इन्टेलिजेन्ट एसयुभी हो जसले नेपालको बदलिँदो गतिशिलताको मागलाई सम्बोधन गर्छ,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘दिपल इभी खरिद गरिसकेपछि ग्राहकले हाम्रो निरन्तर साथ र विश्वास पाइराखून् भन्ने हाम्रो उद्देश्य हो । यो स्किम सहज र विश्वसनीय इभी ओनरसिपका लागि हो ।’

लक्जरी र प्रविधिको नयाँ मापदण्ड के छ ?
एस०७ आईसिएमा दिपल एपमा ग्राहकलाई कारसँग विना रोकतोक अन्तरक्रिया गर्न मद्दत गर्छ । यो एपमार्फत जुनसुकै ठाउँमा बसेर कारलाई कन्ट्रोल गर्न सकिन्छ । कारको झ्याल खोल्न र बन्द गर्न, एसी कन्ट्रोल गर्न, चार्जिंगको अवस्था बुझ्न र कारको लोकेसन ट्रयाक गर्न सकिन्छ । साथै यसमा ४जी५जी हटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एप कनेक्टिभिटी, एमेजन म्युजिक, स्पटिफाई र लाइभ नेभिगेसनको समेत सुविधा रहेको छ ।
दिपल एस०७ आईसीएमा आफ्नो ट्रेन्डसेटिंग डिजाइन र अत्याधुनिक प्रविधिमार्फत इलेक्ट्रिक मोबिलिटीमा नयाँ मानक स्थापित गर्छ । यसको ‘टाइमलेस डिजाइन’ र १० भन्दा बढी अझै पनि अन्य इभीमा नभएका ‘इन्डस्ट्री फस्र्ट’ फिचरले दिपलको भिजनलाई दशाउने कम्पनीले दावी गरेको छ ।

FACEBOOK COMMENTS