काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएका छन्। उनी सिंगापुर एयरलाइन्समार्फत मंगलबार राति प्रस्थान गरेको देउवाको सचिवालयले जानकारी दिएको छ।
‘उहाँको अकास्मात उपचारका लागि जानुपरेको हो। हिजो राति प्रस्थान गर्नुभयो,’ सचिवालय स्रोतले भन्यो। सिंगापुरमा देउवा र उनका स्वकीय सचिव भानु देउवा मात्रै गएका छन्। शेरबहादुर देउवाकी श्रीमती एवम् पूर्वपरराष्ट्र मन्त्री आरजु राणा भारतमा रहेको खुलेको छ ।
देउवा (फागुन १९) गते मंगलबारका दिन स्वदेश फर्किने कार्यतालिका रहेको छ । सचिवालय स्रोतका अनुसार उनी काठमाडौं फर्किएपछि सिधै डडेल्धुरा जाने सम्भावना पनि रहेको छ ।

FACEBOOK COMMENTS