काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
बुधबार आयोगले जेनजी आन्दोलनको घटनामा छानबिन गरी तयार पारेको प्रतिवेदन सार्वजनिक गरेपछि कर्पोरेट खबरसँग कुरा गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले उक्त प्रतिवेदनलाई जस्ताको तस्तै कार्यान्वयन गर्नुपर्ने बताएका हुन् ।
विगतमा पनि यस्ता घटनामाथि छानबिन गर्न विभिन्न आयोग गठन हुने गरेको तर ती आयोगका प्रतिवेदन सार्वजनिक नगर्ने वा कार्यान्वयन नगरी लुकाइने गरिएको उदाहरण रहेको उल्लेख गर्दै उनले यसपटक भने प्रतिवेदनलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन सबै पक्ष गम्भीर बन्नुपर्ने बताएका छन् ।
उनले नागरिक समाज, सञ्चार माध्यम तथा सरोकारवाला निकायहरूले सरकारमाथि दबाब सृजना गरेर प्रतिवेदन कार्यान्वयन गराउन भूमिका खेल्नुपर्ने धारणा समेत राखेका छन् ।
पूरा कुराकानी सुन्नुहोस्–

