काठमाडाैँ । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लुले दिपल इभीहरुलाई पोखरामा सार्वजनिक गरेको छ । छोटो समयमा निकै रुचाइएको दिपल इभीलाई पोखराको एक कार्यक्रमका बीच गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापा, नेपाली क्रिकेट लेजेन्ड तथा दिपल इभीका ब्रान्ड एम्बास्डर पारस खड्का, चांगानको पोखरा डिलर हिमालय अर्गनाइजेसनकी संस्थापक मिलन थापा तथा डाइरेक्टर सौरभ थापाले फ्युचरिस्टिक डिजायन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस ०७ र एल ०७ इभी सार्वजनिक गरेका हुन् ।
दिपल इभी सार्वजनिक गर्दै मन्त्री बिन्दुकुमार थापाले पोखरामा चांगानको सफलताको कामना गरे । साथै, उनले चांगान र अन्य ब्रान्डहरुले विक्री मात्र नभई विक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए । यसैगरी, दिपल इभीका ब्रान्ड एम्बास्डर नेपाल क्रिकेट संघका सचिव समेत रहेका पारस खड्काले दिपल इभी भ्यालु फर मनि भएको बताए ।
त्यसैगरी, चांगान नेपालका मार्केटिंग हेड रमेश दनेखूले एमएडब्लु ग्राहक सन्तुष्टिमा प्रतिबद्ध रहेको बताए । चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो जसको एकसय ६२ वर्ष लामो विरासत छ । र नेपालमा यसलाई प्रतिनिधित्व गर्न पाउँदा सन्तुष्ट रहेको उनको भनाई छ ।
दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन् जसका कारण यो इभी नेपाल बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल भएको छ । एमएडब्लु वृद्धिले अर्को साता पोखराकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्यामको आयोजना गर्दैछ जहाँ ग्राहकले दिपल, सेरस र नामीले नाडा अटो सोमा जारी गरेको विशेष अफर उपयोग गर्न सक्नेछन ।
जसअन्तर्गत दिपल एस ०७ बजेट अघिको मूल्य यानि ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् । साथै, नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सक्नुहुनेछ भने नामी इभीमा ७ किलोवाटको चार्जर पाउनेछन् । ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउनुहुनेछ । यसबाहेक ‘अनस्पट फाइनान्सिंग’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सक्नेछन् ।
