काठमाडौं ।डिशहोमका दुई भाग्यशाली CAS ID 71900831042 / 02564251703 भएका ग्राहकले एक लाख रुपैयाँ जितेका छन् ।
कम्पनीको १ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डिटिएचको सेवा उपभोग गर्न पाउने छन्, साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।
यसै योजना अन्तर्गत बैशाख पाँच गते र बैशाख १२ गते गरिएको लक्कीड्रमा क्रमशः CAS ID 71900831042 / 02564251703 भएका ग्राहकहरुले रु एक–एक लाख जित्न सफल भएको कम्पनीले जनाएको छ ।
डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्ने कम्पनीले जनाएको छ
यस लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपा च्यानल, तथा डिशहोम सोकेस मा हुने कम्पनीले बताएको छ ।
FACEBOOK COMMENTS