काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरू भएको एक्सपोलाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै अर्थतन्त्रको पछिल्लो अवस्थाप्रति सरकार संवेदनशील रहेको बताएका हुन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बर एक्स्पो सुरू भएको हो । एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १६० भन्दा बढी स्टल रहेका छन् ।
आगामी सोमबारसम्म चल्ने एक्सपोमा नेपाल, भारत, दक्षिण कोरिया, बंगलादेश पाकिस्तान लगायतका व्यापारीले सहभागिता जनाएका छन् ।
‘नेपाल चेम्बर एक्स्पो २०२४’ भृकुटीमण्डपमा सुरू, श्रममन्त्री अर्यालले गरे उद्घाटन
चेम्बर एक्सपोले अर्थतन्त्र चलायमान बनाउँछ : राजेन्द्र मल्ल
FACEBOOK COMMENTS