काठमाडाैँ । मेडिकल व्यावसायी दुर्गा प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट उच्च अदालत विराटनगरको इलाम इजलासले मंगलबार खारेज गरिदिएको छ । यससँगै उनले बैंकबाट लिएको ऋण असुल्न बैंकहरूलाई सहज भएको छ ।
मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले उक्त रिट खारेज गरेको उच्च अदालतका प्रवक्ता युगेन काजी बान्तवाले जनाए । उनका अनुसार बैंकले ऋण असुल गर्न ताकेता गरेपछि प्रसाईंले उच्च अदालत विराटनगर, इलाम इजलासमा निषेधाज्ञाको मागसहित २०८० असार ८ गते रिट दायर गरेका थिए ।
कुमारी बैंकको शाखा कार्यालय विर्तामोडसहित चार वटा बैंकलाई प्रतिवादी बनाएर प्रसाईंले निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए । यो रिटमा इलाम इजलासले २०८० असार १० गते (कारण देखाऊ) आदेश जारी गरेको थियो । १८ पटक पेशी चढेको यो रिटको सुनुवाइ ९ पटक स्थगित भएको थियो ।
बैंकले ऋण असुलीका निम्ति ताकेता गर्दा अदालत गएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिट खारेज भएको छ । पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालन गर्न कुमारी बैंकको बिर्तामोड शाखासहितबाट लिएको ऋण असुलीका निम्ति ताकेतापछि प्रसाईंका तर्फबाट टीकाराम अधिकारीले उच्च अदालत विराटनगरको इलाम इजलासमा निषेधाज्ञाको रिट दायर गरेका थिए । गएको असार ८ गते दायर रिट उच्च अदालत विराटनगरको इलाम इजलासका न्यायाधीशद्वय विपुल न्यौपाने र काजीबहादुर श्रेष्ठको इजलासले मंगलबार ९हिजो० खारेज गरिदिएको हो ।
पछिल्लो समय प्रसाईंले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने र मिनाहा हुने अभिव्यक्ति दिँदै आएका थिए । प्रसाईंको अभियानका कारण ग्रामीण क्षेत्रमा काम गरिरहेका लघुवित्त वित्तीय संस्थाहरू ऋण असुली गर्न जान नसक्नेसम्मको अवस्था निम्तिएको थियो । प्रसाईंले समूह नै खडा गरेर लघुवित्तविरुद्ध आन्दोलन चर्काएका थिए । आफ्नै अस्पतालका निम्ति लिएको ऋणको असुली रोक्न भने प्रसाईं अदालत गएका थिए ।
FACEBOOK COMMENTS