काठमाडौं । तीनकुने घटनापछि फरार रहेका दुर्गा प्रसाईंलाई प्रहरीले हिजो भारतमा पक्राउ गरी आज काठमाडौं ल्याउँदै छ ।
झापाको चन्द्रगढी विमानस्थलमा हतकडीसहित ल्याइएका उनलाई जहाजमा भने हतकडी खोलिएको बताइएको छ ।
काठमाडौं ल्याएपछि आजै म्याद थप गरी अनुसन्धान प्रक्रिया आरम्भ गरिने प्रहरीले जनाएको छ । म्याद थपका लागि आवश्यक कागजात तयार भइरहेको बताइएको छ ।
उनी हिजो झापाको भद्रपुरबाट नेपाल प्रहरीले नियन्त्रणमा आएका थिए । उनलाई चन्द्रगढीबाट काठमाडौं ल्याउन लागिएको हो ।
भारतबाट नियन्त्रणमा लिएर प्रहरीले उनलाई झापाको भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याइँदै छ ।
FACEBOOK COMMENTS