काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइजी पोखरा एभेन्जर्सले इङल्याण्डका विकेट किपर ब्याट्सम्यान एडम रोसिङ्टनलाई दोस्रो सिजनका लागि भित्र्याएको छ ।
इङल्याण्डको फस्ट क्लास क्रिकेटमा ५ हजार भन्दा बढी रन बनाएका ३२ बर्षिय एडमले टी–२० मा विश्वका विभिन्न फ्रेन्चाइजीसँग खेलेका छन् । उनले दुबई क्यापिटल, चेन्नई ब्रेभ्स, सनराइजरस इस्टर्न केप कराची किंग्स जस्ता टिमबाट खेलिसकेका छन् ।
कुशल भुर्तेल मार्की खेलाडी रहेको पोखरामा सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, बिपिन खत्री, त्रितराज दास, दिनेश खरेलअभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री जस्ता खेलाडी रहेका छन् ।
FACEBOOK COMMENTS