काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि ‘ईबीएल भर्चुअल क्रेडिट कार्ड’ सेवाको सुरूआतत गरेको छ ।
विद्युतीय सेवा विस्तारअन्तर्गत बैंकले जेठ २० गतेदेखि उक्त सेवा सञ्चालनमा ल्याएको हो । ईबीएल भर्चुअल क्रेडिट कार्ड मोबाइल बैंकिङ एप्लिकेशनमार्फत प्रत्यक्ष रूपमा उपभोग गर्न सकिने एक पूर्ण डिजिटल कार्ड हो ।
यस बैंकका ग्राहकहरूले न्यूनतम जारी गरिएको मापदण्ड प्रयोग गरी उक्त सेवा लिन सक्नेछन् । सेवामार्फत न्यूनतम ५० हजार रुपैयाँदेखि अधिकतम ५ लाख रुपैयाँसम्मको भर्चुअल क्रेडिट सीमा प्रयोग गरी फोनपे क्यूआर स्क्यान गरेर वस्तु तथा सेवाको भुक्तानी, अनलाइन ट्रान्जेक्शन तथा कार्ड व्यवस्थापन कार्यहरू सजिलै गर्न सक्नेछन् ।
यस सेवाअन्तर्गत ग्राहकले आफूले प्रयोग गरेको क्रेडिट सुविधा ४५ दिनसम्म उपभोग गर्न सक्नेछन् । साथै, ग्राहकको चाहनाअनुसार कुल बक्यौता रकमको न्यूनतम १० प्रतिशतदेखि शतप्रतिशत भुक्तानी गर्न सक्ने लचिलो सुविधा प्रदान गरिएको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS