ललितपुर । राष्ट्रिय सहकारी बैंकको १९ आंै वार्षिकोत्सवका अवसरमा आयोजित सहकारीमा लघुवित्त सम्मेलन–२०७८ ७ बुंदे प्रतिबद्धता पत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनबाट सहकारी संघ-संस्थाहरुले लघुवित्त संचालन गर्दा सहकारीको दर्शन, मूल्य, मान्यता र सिद्धान्त अनुरूप सवै सदस्यहरुलाई सहभागि गराउने कुराको सुनिश्चितता गर्ने, स्थानीय, प्रदेश तथा केन्द्रीय सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ संघ संस्था, बैंक तथा वित्तीय संस्थाहरु र विकास साझेदारहरु विच समन्वय गरी दिगो विकास लक्ष्य प्राप्तिको लागि स्थानीयस्तरमा क्षमता विकास, उद्यम व्यवसाय तथा मूल्य श्रृखला प्रवद्र्धनक, लगानी बृद्धि गर्न उपयुक्त वातावरण सिर्जना गरी लघुबित्त मार्फत सदस्यहरुको सामाजिक विकास र आर्थिक समृद्धिको अवसर सिर्जना गर्ने प्रतिवद्धता जारी गरिएको छ ।
अति विपन्न परिवारलाई सहज रुपमा सिप, स्रोत, पूँजी उपलब्ध गराउँदै सहकारी मार्फत गरिबी न्यूनिकरण, उत्पादकत्व र रोजगारी सिर्जनामा भूमिका निर्वाह गर्ने, राष्ट्रिय सहकारी बैंकलाई लघुवित्त कारोबार गर्ने सहकारी संघ÷संस्थाको प्रवद्र्धक निकायको रुपमा स्थापित गर्ने, विपन्न वर्गमा कार्य गरेका स्थानिय सहकारीहरुको साझेदारीमा लघुवित्त, लघुउद्यम र बित्तीय समावेशीकरण गर्न राष्ट्रिय सहकारी बैंकद्वारा सहयोग गर्ने प्रतिवद्धता जनाइएको छ । सहकारी लघुवित्तको मोडेललाई ब्यवस्थित, सुशासित, प्रविधियुक्त र मर्यादित बनाउँदै आफ्नो छुट्टै पहिचान स्थापित गर्ने र लघुबित्त मार्फत राष्ट्रको गरिबी न्यूनिकरण अभियानमा ठोस भूमिका निर्वाह गर्न वित्तीय पहुँच कमजोर भएका वर्ग, समुदाय र क्षेत्रमा पहुँच विस्तार गर्दै उद्यमशिलता, स्वःरोजगारी सिर्जना र बचत वृद्धि गरी विपन्नमूखि, सदस्यमूखि लैगिंक एवम् बित्तीय समावेशीकरणको अवधारणालाई बित्तीय सेवा प्रवाह मार्फत प्रभावकारी कार्यान्वयन गर्ने प्रतिवद्धता सम्मेलन मार्फत गरिएको छ ।
FACEBOOK COMMENTS