काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपाल (फिन)को दोस्रो साधारण सभा सोमबार राजधानीमा सम्पन्न भएको छ ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा गण्डकी प्रदेश सभा सदस्य एवम् महासंघका अध्यक्ष रामबहादुर गुरुङको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो । नयाँ बानेश्वरस्थित होटेल एभरेष्टमा आयोजित साधारण सभामा सरकारका सचिवहरू र उद्योग व्यवसायसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डे, उद्योग सचिव अर्जुन प्रसाद पोखरेल, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र अञ्जन श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सुरेन्द्र श्रेष्ठलगायतको उपस्थिति थियो । साधारण सभामा शुभकामना मन्तव्यका क्रममा उनीह रूले निर्यात प्रवर्द्धनमा जोड दिएका छन् । वस्तु उत्पादन र निर्यातमा सरकार र निजी क्षेत्र सँगसँगै अगाडि बढ्नुपर्ने उनीहरूले बताएका छन् । निर्यात वृद्धि नगरेसम्म मुलुकको आर्थिक अवस्था सुधार हुन नसक्ने उद्योगी व्यवसायीहरूको भनाइ छ ।
साधारण सभाको अवसरमा महासंघले उत्कृष्ट निर्यातकर्ताहरूलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा नेपाल पस्मिना इन्ड्रष्टिज एसोसिएशनबाट कुमार गुरुङ, नेपाल ऊल फेल्ट प्रड्युसर्स एण्ड एक्पोर्टस एसोसिएशनबाट महेश्वर श्रेष्ठ, गार्मेन्ट एसोसिएशन अफ नेपालबाट हरिप्रसाद भट्ट र फेडेरेशन अफ लार्ज कार्डामोम इन्टरप्रेनर्स अफ नेपालबाट निर्मल भट्टराई छन् ।
त्यसैगरी नेपालह्याण्डमेड पेपर एसोसिएशनबाट पद्मरत्न धाख्वा, होप्टा नेपालबाट अशोक मुरारका, नेपाल हर्बस एण्ड हर्बल प्रोडक्ट्स एसोसिएशनबाट भरतकुमार बस्ने र नेपाल कार्पेट प्रड्युसर एण्ड एक्सपोर्ट एसोसिएशनबाट तेन्जिङ शेर्पालाई महासंघले सम्मान गरेको हो ।
महासंघले साधारणसभामा उपस्थित प्रमुख अतिथि तथा सबै अतिथिहरूलाई मायाको चिनो प्रदान गरेको छ । मायाको चिनोमा नेपालमै उत्पादित सजावटका सामग्रीहरू रहेको महासंघले जानकारी दिएको छ ।
कार्यक्रममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्राकृति स्रोत र साधनमा भरिपूर्ण मुलुक भएकाले प्राकृतिक उपजको निर्यातबाट पनि मुलुकले मनग्गे आम्दानी गर्नसक्ने धारणा व्यक्त गरे । कम खर्चका कच्चा पदार्थबाट उत्पादित वस्तुको निर्यातमा जोड दिनुपर्ने ओलीको भनाइ छ । प्राकृतिक कच्चा पदार्थबाट उत्पादितबाहेक अन्य निर्यातजन्य वस्तुको उत्पादन र आपूर्तिको सीमा हुने भए पनि नेपालमा अपार स्रोत भएको पानीलगायत वस्तुको निर्यात अनन्तकालसम् मगर्न सकिने ओलीले बताए ।
FACEBOOK COMMENTS