काठमाडौं । हलिवुडका चर्चित निर्देशक जेम्स क्यामरुनको नयाँ चलचित्र अवतार फ्रान्चाइजीको तेस्रो चलचित्र अवतार: फायर एण्ड एश’ ले बक्स अफिसमा औसत शुरुवात गरेको छ । यस चलचित्रले घरेलु बक्स अफिसमा पहिलो तीन दिनमा ८८ मिलियन डलर कमाई गरेको छ ।
विश्लेषकहरूको अपेक्षाअनुसार यस चलचित्रले तीन दिनमा सय मिलियन भन्दा बढी कमाउने अपेक्षा गरेको बताए पनि चलचित्रले ८८ मिलियन डलर मात्र कमाएको छ ।
अवतारको पहिलो सिरिजले २००९ मा रिलिजको पहिलो तीन दिनमा ११५ मिलियन डलर कमाएको थियो । त्यस्तै २०२२ मा रिलिज भएको दोस्रो सिरिज अवतार: द वे अफ वाटर’ ले घरेलु बक्स अफिसमा १३४ मिलियन डलर कमाएको थियो । यसअर्थमा अवतारको तेस्रो सिरिजले निर्मातालाई केहि हदसम्म निराश बनाएको छ । करिब ४०० मिलियन डलरको लागतमा बनेको यस चलचित्रले अन्तर्राष्ट्रिय रूपमा भने उत्साहजनक कमाई गरेको छ ।
अमेरिका बाहिर चलचित्रले लगभग २५७ मिलियन डलर कमाएको छ, जसले गर्दा यसको विश्वव्यापी ओपनिङ ३४५ मिलियनमा पुगेको छ । यो सम्भवत: बिदाको समयमा र जनवरीमा चल्दै जाँदा चलचित्र हेर्नेहरूका लागि शीर्ष आकर्षण रहने अनुमान गरिएको छ ।
हालैका वर्षहरूमा स्ट्रिमिङ सेवाहरूका कारण चलचित्र थिएटरको उपस्थिति घटेकोले बक्स अफिस कलेक्सनमा असर पुगेको समेत विश्लेषण गरिएको छ । तर अवतार फ्रान्चाइजी जस्ता ब्लकबस्टर चलचित्रहरूले प्राय: ठूलो पर्दा, आइम्याक्स वा थ्रीडि अनुभवहरू मन पराउने दर्शकहरूलाई आकर्षित गरिरहेका छन् ।

तर समग्रमा अमेरिकी सिनेमाको बक्स अफ्रिस २०१९ को कोरोना महामारी पछि अघिको स्तरमा फर्किन सकेको छैन । हलिउडको बक्स अफिस २०१९ को तुलनामा २२.५ प्रतिशतले घटेको छ र वर्ष–दर–वर्ष १.३ प्रतिशतले मात्र बढेको छ, जसको कुल आम्दानी ८.३७ बिलियन डलर पुगेको रहेको छ ।

FACEBOOK COMMENTS