काठमाडौं । नेपालमै अब अन्तर्राष्ट्रिय स्तरको व्यायाम प्रशिक्षक (जिम ट्रेनर) प्रशिक्षण सुरू भएको छ ।
काठमाडौंको कमपोखरीस्थित क्लासिक फिटनेश एकेडेमी नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको जिम ट्रेनर प्रशिक्षण सुरू गरेको हो ।
क्लासिकले अमेरिकन काउन्सिल एक्सरसाइज (एसीई)को सम्बन्धनमा जिम ट्रेनर प्रशिक्षण सुरू गरेको हो । एसीईबाट सम्बन्धन लिएर जिम प्रशिक्षक टे«निङ (क्लास) सुरू गरेको क्लासिक फिटनेश एकेडेमीका प्रबन्ध निर्देशक रोजल शाहीले जानकारी दिए ।
नेपालमा प्रशस्त जिम सेन्टरहरू खोलिएका छन् र खोलिने क्रममा छ । तैपनि भनेजस्तो दक्ष जिम ट्रेनर नभएको अवस्थालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय स्तरको जिम ट्रेनर प्रशिक्षण सुरू गरेको प्रबन्ध निर्देशक शाहीको भनाइ छ ।
‘पछिल्लो समय शारीरिक स्वास्थ्यता र आफूलाई फिट एण्ड राइट राख्नका लागि जिम गर्नेहरूको जमात बढ्दै गएको छ’, निर्देशक शाहीले भने, ‘थुप्रै जिम सेन्टरहरू पनि खुलेका छन् । तर, आवश्यक दक्ष ट्रेनरहरू पाउने अवस्था छैन । त्यसैले अन्तराष्ट्रिय स्तरको जिम ट्रेनर उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।’
अन्तर्राष्ट्रिय स्तरको जिम ट्रेनरको सर्टिफिकेट प्राप्त गरेपछि जिम तथा फिटनेश सेन्टरहरूमा आकर्षक रोजगारी पाउने क्लासिक एकेडेमीको विश्वास छ । निर्देशक शाहीले भने, ‘जिम ट्रेनर प्रशिक्षण जिम सेन्टरमा पनि रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने अर्को उद्देश्य पनि हो ।’
जिम ट्रेनर प्रशिक्षकले एसीईलगायत पाँच किसिमका अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र पाउनेछन् । प्रबन्ध निर्देशक शाहीका अनुसार जिम ट्रनेर प्रशिक्षण लिएपछि ती व्यक्तिले एसीई सर्टिफिकेटका अलावा पर्सनल ट्रेनर सर्टिफिकेट (लेवल–४), ईआरईपीएस (मेम्बर्स सर्टिफिकेट–लेवल ४, एसपीईएफएल–एससी सर्टिफिकेट लेवल ४ र सीपीआर जस्ता अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त सटिफिकेट पाउने छन् ।
ईआरईपीएस फिटनेशका लागि युरोपभरी मान्यता प्राप्त छ । अन्य सर्टिफिकेटहरू पनि भारत, अमेरिकालगायतमा मान्यता प्राप्त हुन् । हाल जिम ट्रेनरको क्लास भइरहेको छ । तर, औपचारिकरूपमा भने बैशाख १७ गतेदेखि मात्र सुरू हुने क्लासिक फिटनेश एकेडेमीले जनाएको छ । जिम ट्रेनर तीनमहिने प्रशिक्षण हुनेछ ।
FACEBOOK COMMENTS