काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको कोषाध्यक्षमा भरत आचार्य मनोनित भएका छन् । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आचार्यलाई कोषाध्यक्षमा मनोनयन गरेका हुन् । आचार्यले अब महासङ्घमा कोषाध्यक्षको बाँकी कार्यकाल सम्हाल्ने छन् ।
उनी महासङ्घको निर्वाचनमा एसोशियटतर्फको उपाध्यक्षमा पराजित भएका थिए । महासङ्घ अध्यक्ष ढकालले आचार्यलाई कार्यसमिति सदस्यमा मनोनित गरेका थिए ।
हाल महासङ्घको विधानअनुसार ३ कार्यकाल केन्द्रीय सदस्य भएअनुसार आचार्यलाई अध्यक्ष ढकालले कोषाध्यक्षमा मनोनित गरेका हुन् ।
यसअघि महासङ्घको कोषाध्यक्षमा निरक केसी थिए । उनको सदस्यको १८ महिने कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो ।
FACEBOOK COMMENTS