काठमाडौँ । फोनपेले नयाँ वर्षको अवसरमा “फोनपे गर्ने हो” नामक नयाँ अभियानको घोषणा गरेको छ ।
फोनपेसँग सहज भुक्तानी विधि अपनाउँदै नयाँ वर्ष २०२४ सुरु गरौँ भन्ने मुल सन्देशमा आधारित अभियानले व्यक्तिहरूलाई परम्परागत भुक्तानी विधिहरू त्याग्न र फोनपेको सुरक्षित र सुविधाजनक माध्यम अप्नाउन प्रोत्साहन गर्ने कम्पनीको विश्वास छ ।
फोनपे क्यू आर र फोनपे डिरेक्टले ग्राहकको दैनिक भुक्तानी या लेनदेनका आवश्यक्ताहरुलाई सरल र सुबिधाजनक बनाउँदै, धेरै मानिसहरु माझ थप उजागर गराउनु, यस अभियानको उद्देय रहेको कम्पनीको भनाइ छ ।
पौस १३ देखि पौस १७ सम्म चल्ने यस अभियानमा सहभागिता जनाउन ग्राहकहरूले फोनपेको फोनपे क्यूआर अथवा फोनपे डिरेक्ट सेवा, अभियान समय अवधिभर, पाँच पटक सम्म प्रयोग गर्नु पर्ने सर्त लागु गरिएको छ ।
त्यसको साथसाथै, फोनपे क्यू आर वा फोनपे डिरेक्ट, दुबै सेवा ५ पटक सम्म प्रयोग गरेर पनि ग्राहकहरुले अभियानमा सहभागिता जनाउन सक्ने छन् ।

यस अभियानमा सहभागी दुई भाग्यशाली विजेताहरूलाई एमआई शाओमी १२ स्मार्ट फोन पुरस्कृत गरिने फोनपेका चिफ स्ट्राटेजी अफिसर सुवोद शर्माले बताए ।

उनले भने, “फोनपे गर्ने हो अभियानले ग्राहकहरुलाई आफ्नो दैनिक भुक्तानी वा लेनदेनमा फोनपे सेवाहरुलाई समावेश गर्न थप प्रोत्शाहित गरेको छ । सुरक्षित डिजिटल भुक्तानी सुविधा प्रदान गर्दै व्यक्ति र व्यवसायहरूलाई थप सहज र प्रभावकारी बैंकिङ अनुभव दिलाउन फोनपे सदैव प्रतिबद्ध छ।”