काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले वोल्भ्समाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले वोल्भ्सलाई २(१ गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा दुवै गोल आत्मघाती गोल भएका थिए । वोल्भ्सका साम जोनस्टोन र यर्सन मोस्क्यूराले आत्मघाती गोल गरेका थिए । त्यस्तै वोल्भ्सका लागि एक गोल टोलु अर्कोकोडारले गरेका थिए ।
यो जितपछि आर्सनलको १६ खेलमा ३६ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ ।
गएराती नै सम्पन्न खेलमा लिभरपुलले ब्राइटनलाई २-० ले पराजित गरेको थियो भने चेल्सीले एभर्टनलाई पनि २(० ले पराजित गरेको थियो । त्यस्तौ फुलहामले बर्नलीलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।
यो जितपछि लिभरपुलको १६ खेलमा २६ अंक भएको छ र लिगमा छैटौं स्थानमा छ भने चेल्सीको १६ खेलमा २८ अंक रहेको छ र चौथो स्थानमा रहेको छ ।

FACEBOOK COMMENTS