काठमाडौं । मदिरासम्बन्धी नीतिमा भ्रष्टाचार आरोप लागेका दिल्लीका पूर्वमुख्यमन्त्री एवम् आम आद्मी पार्टीका अध्यक्ष अरबिन्द केजरीवालले अदालतबाट उन्मुक्ति पाएका छन्।
शुक्रबार दिल्लीको अदालतले केजरीवाल, तत्कालीन उपमुख्यमन्त्री मनिष सिसोदियासहित सबैलाई आरोपमुक्त गरेको हो। मुख्यमन्त्री हुँदा मदिरा नीति ल्याएर करोडौं घोटाला गरेको भनेर उनलाई भारतको इन्फोर्समेन्ट डाइरोक्टेरट (इडी)ले पदमा बहाल हुँदै पक्राउ गरेको थियो।
उक्त मुद्दामा केजरीवालसहित आम आदमीका २३ जना पक्राउ परेका थिए। उनीहरू सबैलाई आरोपमुक्त गरेको हो। बिबिसी हिन्दीका अनुसार विशेष न्यायाधीश जितेन्द्र सिंहले फैसला सुनाउँदै सीबीआईको अनुसन्धानमा गम्भीर त्रुटि रहेको टिप्पणी गरेका छन्।
अदालतले हजारौं पृष्ठको आरोप पत्रमा समावेश सामग्रीहरूले कुनै पनि साक्षीको बयानलाई समर्थन नगरेको उल्लेख गर्दै आरोपपत्रमा भ्रामक दाबी गरेको भनेको छ।
अदालतले सिसोदियाविरुद्ध प्रथम दृष्टिमै मुद्दा बन्ने आधार प्रस्तुत गर्न सीबीआई असफल भएको केजरीवालविरूद्ध ठोस प्रमाणसमेत मुद्दामा समावेश नभएको भनेको छ।
FACEBOOK COMMENTS