काठमाडौं । हाल विदेशमा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ गरेर नेपाल फर्काउन इन्टरपोलले अस्वीकार गरेको छ ।
इन्टरपोलसँग जोडिएका नेपाली प्रहरी अधिकारीले बताए अनुसार इन्टरपोललाई आग्रह गरिए पनि अस्वीकार भएको छ ।
देउवालाई पक्राउ गरेर नेपाल ल्याउन इन्टरपोल लगाउने सरकारी चर्चालाई यसले धक्का पुगेको छ । गत चैत अन्तिममा इन्टरपोललाई पत्राचार गरिए पनि इन्टरपोलले आधार कमजोर रहेको देखाएको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दा देखाएर देउवा दम्पतीलाई पक्राउ गरेर नेपाल ल्याउने सरकारी योजना असफल भएको छ ।
राजनीतिक प्रतिशोध साँधेको भन्दै आरोप लागिरहेको बेलामा इन्टरपोलले पनि देउवा दम्पतीलाई पक्राउ गर्न अस्वीकार गरेको छ ।
