काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वत: अध्यक्ष बनेका छन् ।
महासंघको विधानमा व्यवस्था गरिए अनुसार उनी स्वत: अध्यक्ष बनेका हुन् । २०८१ मंसिर २५ मा सम्पन्न विशेष साधारण सभाले पारित गरेको नेपाल उद्योग वाणिज्य महासंघको विधान–२०४९ को सातौँ संशोधनको परिच्छेद–५ को २९.३ मा वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने व्यवस्था गरिएको थियो ।
तर, आगामी कार्यकालदेखि यो व्यवस्था नरहने विधानले स्पष्ट पारेको छ । जस अनुसार अध्यक्षका लागि प्रत्यक्ष निर्वाचन हुने छ ।
‘उपदफा २९.२ मा जुनसुकै कुरा लेखिएको भए पनि यो विधान लागू हुँदाका बखत कायम वरिष्ठ उपाध्यक्ष आगामी एक कार्यकालका लागि स्वत: अध्यक्ष हुनेछ र सो पश्चात महासंघको अध्यक्षको प्रत्यक्ष निर्वाचन हुनेछ,’ विधानमा उल्लेख छ ।
निर्वाचनको सम्पूर्ण मत परिणाम हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।


