काठाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले नेता पूर्णबहादुर खड्कासँग छलफल गरेका छन्।
नेता खड्कालाई भेट्न सभापति थापा र उपसभापति शर्मा उनको निवास गोल्फुटार पुगेका थिए।
आज बिहान ११ बजेदेखि मध्याह्न साढे १२ बजेसम्म उनीहरूबीच भेटवार्ता भएको हो।
नेता खड्का तथा सभापति थापा र उपसभापति शर्माबीच भेटवार्ता भएको नेता खड्काको सचिवालयले जानकारी दिएको छ।
पार्टीभित्रका आन्तरिक विषय र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो। सभापति थापाले मंगलबार नेता शेखर कोइरालालाई भेटेका थिए।
