काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल थालेका छन्। अध्यक्ष ओलीले सुदूरपश्चिमका ११ सांसदलाई गुण्डुमा बोलाएर अहिले छलफल गरिरहेका छन्।
पछिल्लो समय सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेता परिवर्तनको विषय उठेपछि अध्यक्ष ओलीले सामूहिक छलफलमार्फत निर्णय लिन लागेका हुन् ।
प्रदेशका केही सांसदहरूले संसदीय दलको नेता परिवर्तनको विषय लिएर केही समयअघि अध्यक्ष ओलीलाई भेटेका थिए । बैठकमा संसदीय दलको परिवर्तनबारे छलफल भइरहेको जनाइएको छ।