काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बैठक बिहीबार साँझ ५ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानन्यायाधीशसहित विभिन्न संवैधानिक पदहरूमा नियुक्त गर्नेपर्ने नियुक्तिलगायत विषयमा छलफल तथा प्रक्रियाका लागि बैठक राखिएको जनाइएको छ ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएको भोलिपल्ट प्रधानमन्त्री शाहले बैठक बोलाएका हुन् ।