काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सुनसरीस्थित खनार शाखा कार्यालयले गरिब समुदायका १० जनालाई सिटी सफारी वितरण गरेको छ । कम्पनीले असार २० गते बेरोजगार गरिब समुदायका १० जनालाई सिटी सफारी वितरण गरेको हो ।
ज्याला मजदुरी गरी हातमुख जोर्न समस्या रहेको, दैनिक रूपमा समेत काम नपाउने, एकजनाको कमाइले परिवार चलाउन आर्थिक रूपमा एकदमै कमजोर युवाहरूलाई लक्षित गरी सहुलियत ब्याजदरमा तिर्ने गरी सफारी दिइएको कम्पनीले जनाएको छ ।
उक्त सफारी हस्तान्तरण एक कार्यक्रमका बीचमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गणपति पीजी एण्ड सप्लायर्स कम्पनी विराटनगरसँग खरिद गरी उनीहरूलाई तालिमसमेत प्रदान गरी हस्तान्तरण गरेको हो । प्रतिसफारी २ लाख ६५ हजार रूपैयाँ खरिद मूल्य रहेको संस्थाले जनाएको छ ।
सफारी वितरण कार्यक्रममा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालि.काकर्जा बिभाग प्रमुख वचनकुमार चौधरी, शाखा कार्यालय खनारकी शाखा प्रमुख सिमला कुमारी चौधरीबाट संयुक्त रूपमा ग्राहकहरूलाई हस्तान्तरण गरिएको थियो ।
यस कार्यले बेरोजगारीहरूलाई स्वरोजगार बनाउनाका साथै परिवार चलाउन सहज हुने र आर्थिक रूपमा सुधार हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । कम्पनीले प्रवीण चौधरी, कारीलाल चौधरी, खातुन बेगम, धनिद्र मगर, तुलाराम चौधरी, मनिराज मगर, श्यामकरण ऋषिदेव, हुसैन आलम मियाँ, फरिदा खातुन र मो. सजाद लगायतलाई उक्त सहयोग प्रदान गरेको हो ।
FACEBOOK COMMENTS