काठमाडौं । सुर्वोदय वोमि लघुवित्त वित्तिय संथाले थप सार्वजनिक निष्काशन (एफपिओ) निष्काशन गरेको छ ।
लघुवित्तले १०० रुपैयाँका दरले ४६ लाख ७२ हजार ९५४ रुपैयाँको ४६ हजार ७२९ कित्ता सेयर निष्काशन गरेको छ ।
सेयरमा लगानीकर्ताले साउन ८ गतेसम्म न्यूनतम १० कित्ताका दरले आवेदन दिन पाउने छन् । सेयरमा अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सकिने छ ।
सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्था मर्जर भएर बनेको लघुवित्तको कुल चुक्ता पूँजी ९१ करोड ७ लाख ७२ हजार ५०८.५० रुपैयाँ रहेको र पूँजी संरचना संस्थापक शेयरको हिस्सा ७०.३६ प्रतिशत र सर्वसाधारण समूहको हिस्सा २९.६४ प्रतिशत रहेकोले सर्वसाधारण तर्फको हिस्सा बढाई ३० प्रतिशत पुर्याउन लागेको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा मर्जरका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुनाले लघुवित्तले एफपिओ निष्काशन गरेको हो ।

सेयरमा लगानीकर्ताले मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ ।
