काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन सोमबार सुन एक लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS