काठमाडौं । विश्वका प्रमुख विद्युतीय सवारी साधन निर्माता मध्ये जीएसी ग्रुप चीनको उत्कृष्ट दोस्रो र विश्वमा उत्कृष्ट तेस्रो ईभी ब्रान्डको बन्न सफल भएको छ ।
यो उपलब्धिले विद्युतीय सवारी साधनको बजारमा जीएसी ग्रुपको सवारी साधनहरूको गुणस्तर र दिगोपन झल्काउने कम्पनीको भनाइ छ ।
नेपालमा विद्युतीय सवारी साधनहरूको माग बढ्दै जाँदा जीएसीको ‘आयोन–वाई’ सबैको लोकप्रिय बन्दै गएको छ । चार महिनाअघि नेपालमा भित्रिएको ‘आयोन–वाई’ छोटो समयमै नेपाली उपभोक्ताहरूको मनपर्ने सवारी साधन बनेको बिक्रेता कम्पनी सीजी मोटर्सको भनाइ छ ।
प्रभावशाली रेञ्ज, छिटो चार्ज गर्ने क्षमता र स्मार्ट फिचर्स छन्, जसले ड्राइभिङ अनुभवलाई सुधार र सह जगर्ने कम्पनीको भनाइ छ । नेपालमा ‘आयोन–वाई’को सफलता त सुरूवात मात्र हो, जीएसी ग्रुपले आगामी दिनमा लेटेस्ट मोडेलहरू मार्केटमा ल्याउने लक्ष्य बोकेको छ ।
उक्त ब्राण्डले यसअघि युएईमा ‘उत्तम चिनियाँ अटोमोबाइल ब्राण्ड’ र नाइजेरियामा ‘अटोमोबाइल इन्टरप्राइज अफ द इयर’ जस्ता अन्तर्राष्ट्रिय पुरस्कारहरू पनि प्राप्त गरिसकेको छ ।
कस्तो छ आयोन वाई ?
अधिकतम ५०० किलोमिटर रेन्ज दिने दाबी गरिएको यो गाडीमा ६१.५४ किलोवाट आवरको लिथियम आइरन फोस्फेट ब्याट्री रहेको छ ।
त्यस्तै, यसमा १०० किलोवाटको अधिकतम पावर दिने तथा २२५ एनएम पिक टर्क उत्पादन गर्ने मोटर रहेको छ । यो गाडीलाई ७.९ सेकेन्डमा शून्यदेखि १०० किमि प्रति घण्टाको बेगमा लैजान सकिने कम्पनीले जनाएको छ ।
यसको लम्बाइ ४५३५ एमएम, चौडाइ १६७० एमएम र उचाइ १६५० एमएम रहेको छ । यसमा ह्विलबेस २७५० एमएम र ग्राउन्ड क्लियरेन्स १८३ एमएम रहेको छ ।
युवा तथा प्राविधिक ज्ञान भएका उपभोक्ताहरूलाई लक्षित गर्दै ल्याइएको यो गाडीमा पानोरामिक सनरुफ, १४.६ इन्चको टच स्क्रिन डिस्प्ले, ३६० एचडी भ्यु क्यामेरा सिस्टम, एडभान्स्ड ड्राइभर–असिस्टेन्स सिस्टम (एडीएएस) लगायतका फिचर रहेका छन् ।
FACEBOOK COMMENTS