काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रजातन्त्र जन्माउन रेडियो नेपालको भूमिका जति महत्त्वपूर्ण थियो, अहिले मुलुकलाई राष्ट्रिय एकतामा आबद्ध गराउन रेडियो नेपालको भूमिका उत्तिकै अहम् हुने बताएका छन् ।
काठमाडौंमा आज सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको ७५औँ वार्षिकोत्सव ९हीरक महोत्सव० कार्यक्रममा मन्त्री गुरुङले राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शन सामन्ती प्रवृत्तिको रहेको बताए । यस्ता आचरणलाई हटाएर जनतालाई गणतन्त्रको महत्त्व दर्शाउने र जनतामाझ सत्यतत्थ्य सूचना दिन रेडियो नेपाललगायत सार्वजनिक सेवा प्रसारण संस्थानहरूको विशेष भूमिका हुने उनले उल्लेख गरे ।
पूर्वराजा ज्ञानेन्द्रले पार्टीहरूको अगाडि थाकेर जनतालाई सार्वभौम सत्ता सुम्पिएको इतिहास सम्झाउँदै अहिले फेरि हराइसकेको राजकीय सत्ता ल्याउन खोज्नु मूर्खतापूर्ण कार्य रहेको उनले प्रस्ट पारे । मन्त्री गुरुङले भने,गणतान्त्रिक शासन व्यवस्थामा राजा आऊ देश बचाऊ भन्नु सज्जनहरूले गर्ने काम होइन ।
नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले सरकारको प्रशंसाभन्दा पनि जनतालाई सही सूचना प्रसारण गर्ने सार्वजनिक प्रसारण सेवा ९पीएसबी०को प्रमुख दायित्व हुने बताए । रेडियो नेपाल प्रत्येक जनताको घरदैलोमा गुञ्जिनुपर्ने र यसका लागि नेपालको माटोसुहाउँदो पीएसबी मोडलका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने सुझावसमेत उनले कार्यक्रममा राखे ।
FACEBOOK COMMENTS