काठमाडौं। गरिमा क्यापिटलको अध्यक्षमा अनिल रेग्मी निर्वाचित भएका छन ।
गत बिहिवार असोज ९ गते काठमाडौको लेमनट्री होटलमा भएको १० औं साधारणसभा बाट संचालक निर्वाचित हुनुभएका रेग्मीलाई बोर्डको पहिलो बैठकले अध्यक्ष चयन गरेको हो ।
सस्थापक सेयर सदस्यहरुवाट रेग्मी सहित ४ जना सदस्य निर्वाचन हुनुभएको थियो । जसमा सुरेस कुमार श्रेष्ठ, शेर बहादुर बुढाथोकी र सुनिल कार्की रहनु भएको छ ।
साधारणसभालाई सम्बोधन गर्दै गरिमा विकास बैंकका सस्थापक अध्यक्ष जलेश्वर पाण्डेले गरिमा क्यापिटलको विगत स्मरण गराउदै क्यापिटल यहाँसम्म ल्याउन अहिलेको टिमको ठूलो भुमिका रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गरिमा विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाणले नेपालको परिवेश अनुसार गरिमा ग्रुप चलेको हुँदा यस ग्रुपबाट संचालन भएका सबै व्यवसायहरु प्रगतिको बाटोमा गएको धारणा
राख्नुभयो । क्यापिटलका निर्वाचन अध्यक्ष दिपक पाण्डेले आफुले आठ बर्षसम्म संस्थालाई नेतृत्व गर्दा भोगेका भोगाइहरु सेयर गर्नुभएको थियो ।
FACEBOOK COMMENTS