काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन कार्यक्रममा भएको उपस्थितिलाई कम नआक्न आग्रह गरेका छन् ।
भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा एमालेको ११औं महाधिवेशनको उद्घाटन गर्दै उनले भने, ‘हिमाल पहाड र तराई तथा प्रवास सम्म जोडिएको एमलेका लागि यो सभामा उपस्थित भएका हामीहरू केही थोपा मात्रै हौं ।
एमालेले ठूलै सभा गर्यो भन्ने वित्तिकै यही सभामा उपस्थित मात्रै एमले भन्ने नठानुन् ।
यो सभामा उपस्थित हामीहरू एमाले महासागरको एउटा थोपा मात्रै हो ।’आज सुरु भएको एमालेको महाधिवेशन तीन दिन सम्म चल्नेछ ।
बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।

FACEBOOK COMMENTS