काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय भोटिङ हुँदै छ । मंगलबार हुने भनेको भोटिङमा राम–लक्ष्मण भोटिङ मेसिन प्रयोग गरिनेछ ।
निर्वाचनका लागि राम–लक्ष्मण भोटिङ मेसिन २५ लाख तिरेर ल्याइएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
“उहाँहरूले भोटिङ मेसिनका लागि प्रतिनिधिको नामावली कुरिरहनुभएको छ,” प्रवक्ता झाले भने ।
विदेशमा रहेका प्रतिनिधिलाई ‘आई–भोटिङ’को प्रवन्ध गरिएको छ । १६३ प्रतिनिधि प्रवासमा रहेका उनले जानकारी दिए ।