काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन आफैँ जाने भएका छन्।
रास्वपाको महाधिवेशन भोलिदेखि चितवनमा सुरु हुँदै छ।
चितवनमा हुने प्रथम महाधिवेशन उद्घाटन समारोहमा पार्टीको तर्फबाट शुभकामना दिन अध्यक्ष लिङ्देन जाने तय भएको प्रवक्ता मोहन श्रेष्ठले बताए।
अन्य दलले भने दोस्रो तहका नेताहरू पठाउने भएका छन्।
रास्वपाले पार्टीको प्रथम महाधिवेशनमा सबै पार्टीका शीर्ष नेताहरूलाई बोलाएको छ।
