काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्थापनाको चार वर्षमा भएको पहिलो महाधिवेशनमा विभिन्न देशका पार्टीहरूले शुभकामना सन्देश दिएका छन् ।
शुभकामना सन्देश दिनेमा भारतीय सत्ताधारी दल बीजेपीदेखि चिनियाँ सत्ताधारी दल सीपीसीसम्म रहेका छन् ।
रास्वपाका विदेश विभाग प्रमुखहुँदै अहिले परराष्ट्रमन्त्री भएका शिशिर खनालले महाधिवेशनको खुला सत्रमा बोल्दै पार्टी स्थापना भएको एक वर्षमा तीन वर्षअगाडि अन्तर्राष्ट्रिय विभाग बनाएको भन्दै शिशिर खनालले हालसालै विभिन्न देशका ३ सयभन्दा धेरै दल जोडिएको संगठनको स्ट्यान्डिङ सदस्य भएको बताएका छन् । उनले एसियाली देशका दलको तर्फबाट दिइएको शुभकामना पढेर सुनाएका थिए ।