काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका नेता घनश्याम भुसालबीच भेटवार्ता भएको हो ।
२०७२ मा एमाले र माओवादीका शीर्ष तहमा सम्वाद हुन नसकिरेहेका बेला दोस्रो तहका नेताहरुले कार्ल माक्र्स द्विशतवार्षिकी समारोह समिति बनाएर सम्वाद थालेका थिए ।
भुसालका अनुसार अहिले पनि कम्युनिस्ट दलहरुमा आवद्ध दोस्रो तहका नेताहरुको सम्वाद गर्ने मञ्च बनाउने प्रयास भइरहेको छ । त्यसबारे माओवादी केन्द्रका नेता शक्ति बस्नेतसँग छलफल गर्न एमाले नेता भुसाल माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा पुगेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि दलको कार्यालयमै भएकाले दुई नेताबीच भेट भएको थियो । भेटका क्रममा प्रचण्डले आफूहरु नेकपा समाजवादी केन्द्र बनाउने प्रयासमा रहेको बताएका थिए । एमाले नेता भुसालले भने एमाले बाहेकको मोर्चाले के गर्छ र ? भनेर प्रश्न गरेका हुन् ।
भुसालले एमाले समेत अटाउने मोर्चा बनाउनुस् भनेपछि नेताहरुबीच हाँसो ठट्टा भएको थियो ।
FACEBOOK COMMENTS