काठमाडौं– आज सुनको मुल्य सामान्य घटेको छ। विहिबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
विहिबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन (बुधबार) भने सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो।
विहिबार चाँदीको मूल्यमा भने कुनै फेरबदल भएको छैन। विहिबार पनि बुधबारको जस्तै चाँदीको मूल्य प्रतितोला १ हजार ४१५ रुपैयाँ कायम भएको छ।