काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
सरकारले भन्सार दर घटाएपछि सोमबार र मंगलबार गरी दुई दिनमा प्रतितोला १८ हजार पाँच सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार भने बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावल सुन प्रतितोला नौ सय रूपैयाँ बढेर एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय २० रूपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दस रूपैयाँले बढेको हो ।
FACEBOOK COMMENTS