काठमाडौं । नेपाली बजारमा पछिल्ला दिनहरूमा सुनको मूल्य लगातारजसो बढिरहेको छ । सुनको मूल्य बढ्ने क्रमले आज बिहीबार पनि निरन्तरता पाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेर एक लाख ९३ हजार सात सय रुपैयाँ कायम भएको छ ।
हिजो बुधबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार दुई सय रुपैयाँमा किनबेच भएको थियो ।
यता, आज चाँदीको मूल्य पनि स्थिर छ । हिजो प्रतितोला दुई हजार ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा यथावत् रहेको हो ।
FACEBOOK COMMENTS