काठमाडौं । काठमाडौंको गोंगबुस्थित टाउन प्लानिङमा रहेको विनोद श्रेष्ठको घरमा करोडौँ रकम र ३ किलोभन्दा बढी सुन फेला परेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराका अनुसार श्रेष्ठको घरबाट करिब ३ करोड ७५ लाख नगद भेटिएको छ । त्यस्तै उनको घरमा करिब ३ किलो जति सुनका गहना पनि भेटिएको छ ।
प्रहरीले विशेष सुराकीको आधारमा गोरखा नगरपालिका(१ घर भई हाल काठमाडौं–२६ बस्ने ७६ वर्षीय विनोद श्रेष्ठको घरमा छापा मार्दा सो रकम र सुन भेटिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार श्रेष्ठले सुन धितो राखेर पैसा दिने काम गर्ने गरेको खुलेको छ ।
FACEBOOK COMMENTS