काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको ४ सयले बढेर तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार सुन तोलाको एक लाख ९४ हजार ८ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर २३१० मा कारोबार भइरहेको छ ।
यसअघि विहिबार चाँदी तोलाको २२९० मा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS